एनआरएनएको उपमहासचिवमा सोम सापकोटाको उम्मेदवारी घोषणा

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिवमा माल्टामा कार्यरत सोम सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल एनआरएनका प्रवक्ता हुन् ।एनआरएनएको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलन असोज ३० देखि कात्तिक ३ गते काठमाडौंमा हुँदै छ । उनले एकपटकको नेपाली, सधैँको नेपालीका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्न उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।

+