'प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने'

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरूप अन्तरराष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् । 

शुक्रवार मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन् । 

+