एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा शनिबारदेखि

काठमाडौं : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्ने छन् ।

+