ढुवानी भाडामा अर्बौं रकम विदेशियो

सिमरा- भारतीय मालवाहक सवारी साधनले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने मालसामान सोझै देशका प्रमुख सहरबजारसम्म ढुवानी गर्न थालेपछि भाडाबापत दैनिक अर्बौं रकम विदेशिएको छ । भन्सारमा लोड–अनलोडलगायतका थप खर्च, जोखिम र सुरक्षाको कारण देखाई आयातकर्ता तथा भारतीय ट्रान्सपोर्टले सोझै नेपालका विभिन्न सहरमा भारतीय मालवाहक गाडीबाट ढुवानी गराउँदा दैनिक अर्बौं रुपैयाँ विदेशिने गरेको हो ।

+