जोन सिनाद्वारा रेस्लिङबाट सन्यासको घोषणा

अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट ९डब्लूडब्लूई० बाट औपचारिक रूपमा सन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु यस्तो घोषणा गरेका हुन् ।

सिनाले सन् २०२५ मा आफूले अन्तिम प्रतियोगितामा भाग लिने जानकारी दिए । ४७ वर्षीय रेस्लर सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएका थिए । उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । उनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेका छन् ।

सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया उनको अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेका छन् । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

+