वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

अमेरिकी क्लब इन्टर मियामीमा स्टार खेलाडी लियोनल मेस्सी जादै

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
अमेरिकी क्लब इन्टर मियामीमा स्टार खेलाडी लियोनल मेस्सी जादै

अमेरिकी क्लब इन्टर मियामीले स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई आफ्नो क्बलमा भित्र्याने तयारी शुरु गरेको छ ।

पछिल्लो समय मियामी मेस्सीलाई आफ्नो क्लबमा अनुबन्ध गर्नेप्रति निकैनै इच्छुक रहेको र उसले सो प्रक्रियाअघि बढाएको अमेरिकाको दैनिक पत्रिका मियामी हेराल्डले उल्लेख गरेको छ । हेराल्डसँगको अन्तर्वाताको क्रममा इन्टरका ओनर जर्ज मासले क्लबका अध्यक्ष डेभिड बेकहम र आफू यतिखेर मेस्सीसँग आपसी समन्वयमा रहेको बताएका छन् ।

‘क्लबका अध्यक्ष बेकहम र म कडा मेहनत गरिरहेका छौं, हामी क्लबमा उष्कृष्ट खेलाडी ल्याउने चाहनामा छौं र हाम्रो चाहना अनुसार रोजाइमा परेको खेलाडी मेस्सी हो, यथार्थमा मेस्सी सबै समयको उत्कृष्ट खेलाडी हो, मासले हेराल्डसँगको अन्तर्वातामा भेनका छन्, ‘म आशावादी छु कि मेस्सीले मियामीका लागि खेल्नेछ, किनकि मलाई लाग्छ कि यसले हाम्रो पुस्ताको सब भन्दा ठूलो खेलाडीको विरासत पूरा गर्नेछ र अन्तर्राष्ट्रिय टिम निर्माण गर्न मियामी संचालको समेत इच्छा पुरा हुनेछ ।’

स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सीको क्लबसँगको सम्झौता यहि जुन ३० तारिखमा सकिँदै छ । यो बीचमा मेस्सीलाई बार्सिलोनाले सम्झौता थप गर्न समेत प्रस्ताव गरेको छ ।

३३ वर्षीय मेसी हाल आगामी जुन १३ देखि शुरु हुने कोपा अमेरिका र अन्तर्राष्ट्रिय खेलको तयारीका लागि अर्जेन्टिनामा छन् । आफ्नो कप्तान तथा मुख्य खेलाडी मेसीलाई क्लबमै राख्नका लागि अध्यक्ष जोन लापोर्टा पछिल्लो समय लागि परेका छन्।

यसअघि केहिदिन पहिले भएको अध्यक्षको निर्वाचनमा मेसीलाई क्लबमा राख्ने विषयलाई मुख्य एजेण्डा बनाएका लापोर्टाले समर्थकहरुलाई मेसी बार्सिलोनामै रहने आश्वासन दिइरहेका छन् ।

यता क्लबसँगको सम्झौता सकिनुसँगै मियामीको प्रस्ताव आउनुले के अब मेस्सी साँच्चै बेकहमको क्लबमा जाने त होइनन्? भन्ने कौतुहलता उनका सम्पूर्ण सर्मथकहरु बढेको छ । तर, यि विषयहरुमा मेस्सीले भने अहिलेसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय संचार माध्यममहरुले जनाउँदै आएको छ ।

फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डोर उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्। यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे। मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका थिए।

त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन्। क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे। स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ।

news source: merokhel . com